केपी ओलीलाई भेट्न विप्लव बालकोट जाँदै
साउन ५ ,काठमान्डौ – नेकपा कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट जाँदैछन् ।
भूमिगत राजनीतिक जीवन बिताईरहेका विप्लव तत्कालिन केपी ओली सरकारसंग तिन बुँदे सहमतिपछि शान्तिपूर्ण राजनीतिमा आएका थिए। यस्तै आफूसँग गरिएको तीन बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन नभएको विप्लवले जनाउँदै आईरहेको छ।
विप्लवले केहिदिन अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,एमाले वरिष्ठ नेता माधव कुमार नेपाल, नेकपा माओवादी क्रान्तिकारीका महासचिव मोहन वैद्य ‘किरण’ र जनता समाजवादी पार्टी (जसपा) सङ्घीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका थिए। विप्लवले ओली सरकारसंग गरेका सहमतिमा आफ्ना कार्यकर्ताहरु अझै नछुटेको बताउँदै आएको छ।