लोकल रक्सि सेवनले बागलुङमा ४ जनाको मृ,त्यु
साउन ५ ,काठमान्डौ – बागलुङमा विषाक्त मदिरा पिउँदा चार जनाको मृ,त्यु भएको छ। गलकोट नगरपालिका,७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरूको मृत्यु भएको हो।
२१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृ,त्यु भएकोजिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
उनीहरुको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृ,त्यु भएको हो। यस्तै विषाक्त मदिरा सेवन गरेका अन्य दुईजनाको सोहि अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।
स्थानीय मदिरा पसलबाट सोमाबर लोकल रक्सि पीएका उनीहरु बिरामी परेका थिए। मदिरा पसल सञ्चालकलाई प्रहरीले अनुसन्धान गरिरहेको छ।