एकै दिन दुई जिल्लामा भूकम्पको धक्का
साउन ८ ,काठमान्डौ – नेपालमा आज विभिन्न स्थानमा दुई ठाँउमा केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। खोटाङमा साँझ ६ बजेर ५७ मिनेटमा ४.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
यस्तै आज बिहान मात्र भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर ३.५ म्याग्निच्यूडको भूकम्प गएको थियो। भूकम्पको धक्का काठमान्डौ। आसपासका जिल्लामा पनि महसुस गरिएको थियो।

