केपी ओलीको अनुपस्थितमा युथ फोर्सको भ्याली कमाण्ड घोषणा
साउन ९ काठमान्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट युवा संघ नेपालको ‘युथफोर्स’ ले र्याली काठमान्डौमा शक्ति प्रदर्शन गर्दै र्याली निकालेको छ।
शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको हो ।एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पछि उनको सट्टामा महासचिव ईश्वर पोख्रेल कार्यक्रममा उपस्थित भएका थिए ।
युथ फोर्सको र्याली माइतीघरदेखि नयाँ बानेश्वर हुँदै कार्यक्रमस्थल बबरमहलस्थित एक ब्यांक्वेटमा पुगेर कोण सभामा परिणत भएको थियो । जुलुसको नेतृत्व नेता महेश बस्नेत लगायतले गरेका थिए ।

