स्रोत नखुलेको ४० लाखसहित एक जना प,क्राउ
साउन ९ ,झापा – झापामा स्रोत नखुलेको ४० लाख रकमसहित एक जनालाई प्रहरीले प,क्राउ गरेको छ। झापा गाउँपालिका २ बेलाइतीबारीका गौरी मण्डललाई स्रोत नखुलेको ४० लाख ३७ हजार रुपैयाँसहित प्रहरीले प,क्राउ गरेको हो।
स्रोत नखुलेको भारतबाट उक्त रकम लुकाएर ल्याउँदै गरेको अवस्थामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। प,क्राउ परेका मण्डललाई थप कारबाहीको लागि भद्रपुर भन्सारमा पठाइने प्रहरीले जनाएको छ।

