देउवाको निर्देशन : निर्मला पन्तको ह,त्यारा तत्काल पत्ता लगाई सार्वजनिक गर्नुस
काठमान्डौ – प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाँण र प्रहरी महानिरीक्षक (आइजीपी) शैलेश थापा क्षेत्रीलाई निर्मलाको ह,त्यारा पत्ता लगाउन निर्देशन दिएका छन।
आइतबार गृहमन्त्री र आइजीपीलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री देउवाले निर्मला पन्त हत्या’काण्ड प्रकरणका दोषी पत्ता लगाई छिटै सार्वजनिक गर्न निर्देशन दिएका हुन।
देउवाले आफ्नो सामाजिक संजालमा पनि लेखेका छन।निर्मला पन्तको ह,त्या भएको तीन वर्ष पुगेको दिन आज मैले गृह मन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु। चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।
कञ्चनपुरकी १३ वर्षकी निर्मला पन्तको बलात्कार पछि ह,त्या भएको आज ठिक तीन वर्ष हुँदा समेत सरकारले अझै दोषी पत्ता लाग्न सकेको छैन ।
निर्मलाको २०७५ साउन १० गते बलात्कारपछि ह,त्या भएको अवस्थामा घर नजिक केही पर उखुबारीमा शव भेटिएको थियो ।

