Gold
Bangad salyan

पूर्वयुवराज पारस शाहले प्रहरीमाथि फेरी अभद्र व्यवहार गरे यस्तो भन्दै थर्काए

काठमाडौं- पूर्वयुवराज पारस शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेका छन्। शुक्रबार साँझ महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शाहले प्रहरीमाथि अभद्र व्यवहार गरेको भिडियो सार्वाजानिक भएको छ।

हेल्मेट नलगाई मोटरसाइकलमा सवार शाहलाई प्रहरीले ससमातेको थियो। त्यास्बेला शाहले प्रहरीलाई धम्कीपूर्ण शैलीमा छोड्न भनेका थिए। उनि आफ्ना केहि समर्थक सहित हिडेको देखिन्छ।

प्रहरीले हेल्मेट नलगाएको भन्दै हात समातेर साइडमा आउनुस भन्दा उनले धम्किदिदै नजाने भन्दै प्रहरीलाई धकेल्दै गरेको भिडियोमा देख्न सकिन्छ।

म अधिकांश ठाउँमा हेल्मेट नलगाएर बाईक चलाउने गर्छु त्याँहा कहिले कसैले रोकेको देखेको छ भन्दै बोलेको सुनिन्छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार एक पटकलाई साम्झाएर छोडीएको पाईएको छ।

उनले मापसे गरेर बाईक चलाएका थिए। वादविवादकै क्रममा प्रहरीले छोडेपछि पारस मोटरसाइकलमा हेल्मेटबेगरै हुइँकिएका छन्। यही व्यवहार सर्वसाधारणले गरेको भए लाइसेन्स बरामद गरी चिट काट्ने तथा अन्य ट्राफिक नियम उल्लंघनको कारबाही प्रहरीले चलाउने गर्थ्यो, प्रहरीलाई हप्कीदप्की तथा अभद्र व्यवहार गर्दा कसुर अनुसार कारबाही पनि पक्कै हुन्थ्यो होला।