Gold
Bangad salyan

कर्णालीका दुई मन्त्रीले गृहमन्त्रीलाई भेटे कोरोना खोपबारे कुराकानी


साउन १८ ,काठमान्डौ – कर्णाली प्रदेशक दुई जना मन्त्रीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाणलाई आइतबार भेटेर कुराकानी गरेका हुन्।

उनीहरुले कर्णाली प्रदेशमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए भने कोरोना खोपका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए। भेटका क्रममा गृहमन्त्री खाणले आवश्यक मात्रामा कोरोना खोप कर्णाली पठाउन आफूले पहल गर्ने जनाएका छन्।