Gold

कर्णाली नदीमा १० दिनको छोरा सहित डुङ्गा दुर्घटना हुँदा वेपत्ता एक महिलाको शव फेला

Naumule Migrate

साउन २५ ,धनगढी- कर्णाली नदीमा डुङ्गा दुर्घटना हुदा बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । कैलालीको मोहन्याल गाउँपालिका ३ कि २० वर्षीया उर्मिला सलामीमगरको शव फेला परेको हो।

गत साउन १७ मा कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुनेजाने क्रममा कर्णाली नदीमा डुङ्गा दुर्घटना भएको थिय। दुर्घटनामा परेर मोहन्याल गाउँपालिका,३ की २० वर्षीया उर्मिला सलामीमगर, उनको १० दिनको छोरा र सोही ठाउँकी २० वर्षीया पार्वती थापा बेपत्ता भएका थिए ।

सलामीमगरको शव आइतबार लम्कीचुहा नगरपालिका–३ को कर्णाली नदीको बीच भागमा फेला परेको थियो। शव पहिचान गरेर उनका श्रीमान करन सलामीमगरले सनाखत गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकी मोहन्याल,३ कै धनसरा सलामीमगरको मृ,त्यु भईसकेको छ।

Naumule Badhipahiro