बर्दियामा दशैंमा बेच्न राखेका २१ वटा खसी बाघले खोरमा पसेर सखाप
असोज ११, बर्दिया – बर्दियामा बाख्राको खोर भित्र बाघ पसेर सबै खसी बाख्रा मारेको पाईएको छ ।
गुलरिया नगरपालिका, ५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मारेको पाईएको हो ।
फर्ममा आईतवार राती करिब १० बजे देखीबाट सोमबार बिहान सम्म बाघ पसेर बाख्रा मारेको हुनसक्ने व्यवसायी चन्द्रकान्त पौडेलले बताए ।
बाघले ७ खसी, ७ वटा माउ बाख्रा र ६ वटा साना पाठापाठी मारेको छ ।जसमा २१ मध्ये ७ वटा खसी दशैंमा बेच्ने तयारी रहेको थियो । यस्तै खोरमाबाट एउटा बाख्रो हराईरहेको र सानो यौटा पाठो बचेको उनले बताए ।
बेलुका खोरमा थुनेर गएका २३ मध्ये २१ वटा बाख्रा मृत फेला परेको छ, एउटा बाघले लगेको रहे छ सानो पाठो खोरमुनि खसेकोले जिवित देखियो पौडेलले भेन ।
बाघले यौटा बाख्रो मात्र खाएको र बाकी सबैको बाँकी सबैको घाँटीबाट रगत चुसेर मार्ने गरेको पनि उनले बताए । अहिले मृत बाख्राहरु गाड्न लगिएको उनले बताए ।