Gold
Bangad salyan

७७ जनाको ज्यान बचाउने पाईलट आङ्गेलु शेर्पालाई विमान चलाउनमा रोक

असोज १४,काठमाडौं,- ७७ जना यात्रु चढेको बुद्ध एयरको विमानको पाङ्ग्रा नखुल्दा १० फ्यानको यानीकि २ घन्टा सम्म आकाशमा फन्को मारेर सफल अवतरण गराएर चर्चा पाईरहेका पाइलट आङ्गेलु शेर्पालाई विमान चलाउनमा रोक लगाइएको छ ।उनी यात्रुको ज्यान जोगाएको भन्दै सामाजिक सञ्जालमा भाइरल छन् ।

विमान दुर्घटनाबाट जोगिएपनि के कति कारणले पाङ्ग्रा नखुलेको हो र पाइलटको भूमिका के कस्तो छ भनी छानविन अगाडि बढाईएको छ । सोही कारण छानविन अवधिभर उनले विमान चलाउन पाउने छैनन् ।

नियम अनुसार छानविन प्रतिवेदनपछि मात्र उनले विमान चलाउन पाउने या नपाउने टुंगो लाग्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

गत ११ असोजमा विराटनगरका लागि उडेको ७३ यात्रुसहितको विमान पाङ्ग्रा नखुल्दा आकाशमै २ घन्टा होल्ड भएको थियो । लामो समय विमान आकाशमा होल्ड हुँदा यात्रु आत्तिएका थिए भने रुवाबासीनै चलेको थियो ।

तर सिनियर पाईलट आङ्गेलु शेर्पाले विमानलाई सफल अवतरण गरेपछी अहिले उनको समाजिक संजाल चर्चा भैइरहेको छ ।

यसैगरी, नेपालको हवाई क्षेत्रमा विमान र हेलिकोप्टरमा समस्या आउन थालेपछि सरकारले छानविन बढाएको छ । यसका लागि कमिटी नै गठन गरेर काम बढाएको