आज घर घरमा धनधान्य सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिदै
काठमान्डौ – तिहारको तेस्रो दिन आज देशभर लक्ष्मी पुजा गरिद्दै छ। आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरिन्छ।
आज बिहानै देखि घरको कुना गाईको गोबर र रातोमाटोले सफासुग्घर र लिपपोत गर्ने र लक्ष्मीको पुजा गर्ने चलन छ। यसो गर्दा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।
आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।यस्तै आज बिहानै देखि गाईको पुजा गरिन्छ। गाइलाई घाटीमा अफुल्को माला लगाई मिठो खाने कुरा खुवाईनछ।
वैदिक सनातन कालदेखि गाईलाई पवित्र मानी पूजा गर्ने धार्मिक मान्यता रहँदै आएको छ। गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ।

