Gold
Bangad salyan

अस्पतालमा आगलागी चार बालबालिकाको ज्यान गयो

कार्तिक २३ ,काठमान्डौ – भारतको एक बाल अस्पतालमा आगलागी भएको छ।   आगलागीबाट चार जना बालबालिकाको ज्यान गएको भारतीय समचारहरुले प्रशाशन गरेका छन्।

मध्य प्रदेशको राजधानी भुपालको रहेको कमला नेहरु चिकित्सालय अस्पतालमा आगलागी भएको हो ।अस्पतालमा ४० जना बालबालिका रहेका थिए।

३६ जना बालबालिका सकुशल रहेको र चार जनाको ज्यान गएको छ। ज्यान गुमाउने बालबालिकाको परिवारलाई त्याँहाको सरकारले चार –चार लाख रुपैयाँ राहत द्दिने घोषणा गरेको छ।