Gold
Bangad salyan

माओवादी नेता रामचन्द्र झा एकीकृत समाजवादीमा प्रवेश गर्दै

कार्तिक २४ ,काठमान्डौ – नेकपा माओवादी केन्द्रका नेता रामचन्द्र झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्ने भएका छन्।

मंसिर ५ गते जनकपुरमा हुने आमसभामा झा एकीकृत समाजवादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। उनलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले पार्टी प्रवेश गराउने एकीकृत समाजवादी पार्टी प्रदेश २ का संसदीय दलका नेता शत्रुधन महतोले बताए।

लामो समय एमाले राजनीति गरेका झा पहिलो संविधान सभाको निर्वाचनपछि माओवादी प्रवेश गरेका थिए ।२०५६ र २०६४ को निर्वाचनमा धनुषाबाट एमालेका तर्फबाट निर्वाचित झा २०७० को निर्वाचनमा भने पराजित भएका थिए।

२०७० को निर्वाचनमा झा माओवादी उम्मेदवार बनेका थिए। केही समय बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिमा लागेका झा फेरि माओवादी नै फर्किएका थिए। २०७४ को निर्वाचनमा वाम गठबन्धनका तर्फबाट धनुषामा उम्मेदवार बनेका थिए। अहिलॆ एमालले माओवादी एकता भंग भएसंगै झा एकीकृत समाजवादी पार्टीमा जान लागेका हुन्।