Gold
Bangad salyan

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बल्ल तल्ल एक जना मन्त्री थपे

कार्तिक ३०, सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई हप्तापछि मन्त्रिपरिषद् विस्तार गरेका छन्। शाहीले शपथ लिएको दुई हप्तापछि आज एक जना मन्त्री थपेका हुन ।

मुख्यमन्त्री शाहीको सिफारिसमा नेकपा (एकीकृत समाजवादी) का चन्द्रबहादुर शाहीलाई प्रदेश प्रमुख तिलक परियारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका छन्।

एकीकृत समाजवादीको संसदीय दलका नेता समेत रहेका शाही मुगु प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन। नवनियुक्त मन्त्री शाहीले आज नै पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेकपा माओवादी ,नेकपा (एकीकृत समाजवादी ) नेपाली कांग्रेसको गठबन्धन समर्थकमा जीवनबहादुर शाही कर्णालीका मुख्यमन्त्री बनेका छन् ।