अध्यक्षमा भीम रावलको उम्मेदवारी
मंसिर १३, चितवन् – नेकपा (एमाले)को अध्यक्षमा डा. भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।
रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।
रावलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएसंगै नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओली र उनको प्रतिस्पर्धा हुने भएको छ ।महाधिवेशनमा सर्वसम्मतबाट अध्यक्ष केपी शर्मा ओलीलाईनै पून: अध्यक्ष बनाउनॆ भनेकै बेला रावलले उम्मेदवारी दर्ता गराएका हुन्।

