अश्लील शीर्षक राख्ने युटुबर अनामनगरबाट पक्राउ
काठमाण्डाै – युट्युब च्यानलमा अश्लील शीर्षक राखेको आरोपमा साथीभाइ अनलाइन टीभी नामक युट्युब च्यानलका सञ्चालक रामबहादुर मल्ललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले बाग्लुङको निसीखोला गाउँपालिका घर भइ काठमाण्डौ अनामनगर बस्ने रामबहादुर मल्ललाई पक्राउ गरेको हो ।
उनले युट्युब च्यालनमार्फत अश्लीलता शीर्षकमा भिडिओ राखेर समाजमा अश्लीलता फैलाएको प्रहरीले जनाएको छ
।
पक्राउ परेका मल्ललाई काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।