माओवादी महाधिवेशन र प्रचण्डले अन्याय गरेका कर्णाली सांसद ठम्मर बिष्ट

काठमान्डौ – नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनले छुटाउनै नहुने केन्द्रिय सदस्यमा कर्णाली प्रदेशका सांसद ठम्मर बिष्ट रहेका छन।

तर माओवादी पार्टी र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सांसद ठम्मर बिष्टलाई केन्द्रिय सदस्य मनोनित गरेनन ।

जस्ले गर्दा कर्णाली र सुर्खेतका सिङ्गो जन्ता अन्यामा परेका छन। सुर्खेतमा नेपाली काङ्ग्रेसको एक छ्त्र राजलाई पराजित गरेर सिङ्गो जनयुद्दको जित हासिल गर्ने सांसद बिष्टलाई केन्द्रको महाधिवेशनले समेत केन्द्रिय सदस्यमा चुन्न सकेन ।

 

कर्णाली प्रदेश सरकार बचाउनसमेतमा सांसद बिष्टको ठूलो हात छ। कर्णाली प्रदेशका निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार बचाउन बिष्टको अहम भुमिका थियो ।

जसबेला सांसद बिष्टलाई अध्यक्ष प्रचण्डले खुमलटारमा बोलाएर छलफल गरेका थिए । त्यति मात्र हैन ठम्मर बिष्ट सांसद भएपछि पुर्वी सुर्खेतका गाउँपालिका नगरपालिका देखि स्थानीय पुर्वाधार विकासका आयोजनाहरुले स्थान पाए ।

उनी सुर्खेती जन्ताको मात्र नभै कर्णाली प्रदेशलेनै आसा गरेका सांसद हुन । तर उनलाई महाधिवेशनले केन्द्रिय सदस्यमा नराख्दा बिष्ट मात्र हैन सिङ्गो नेपाली जनयुद्धकालिन जन्ता अन्यायमा परेका छन।

खै पार्टीले बदला लियो वा नाम छुटाउन खोजेको हो त्यो भने मनोनीत अध्यक्ष प्रचण्डलाई थाहा होला । यसोनै गर्ने हो भने त सांसद बिष्टलाई हैन सिङ्गो माओवादी पार्टीलाईनै क्षति भने पक्कै हुने छ।

राष्ट्रिय सम्मेलन गरेको नेकपा माओवादी केन्द्रले एका एक महाधिवेशननै चलायो । महासचिवको लागि विवाद समेत भयो भबे चुनावी तालमेल गर्ने समेत कुरा भयो तर अन्त्यमा सहमतिमा भयो ।

३० औ बर्ष सम्म अध्यक्ष पद समालेका प्रचण्डले केन्द्रिय सदस्यमा समेत बिष्टको नाम नराख्दा देश देखि विदेशीमा रहेका नेपालीनै अहिले सिङ्गो माओवादी पार्टीको विरोध गरिरहेका छन।

पार्टीले दक्ष र विकासवादी नेतालाई केन्द्रीय सदस्यमा छुटाउनु भनेको अन्याय भएको उनिहरुको भनाई छ। पार्टीले तत्काल छलफल गरि सांसद बिष्टलाई केन्द्रिय सदस्यमा मनोनित गर्नुपर्ने अन्यथा सुर्खेतका जन्ताले विरोध गर्नपर्ने दिन समेत आउनुपर्ने नागरिकको भनाई छ।