Gold
Bangad salyan

प्रधानमन्त्री देउवा पुस २५ मा भारत जाँदै

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आगामी पुस २५ गते भारत भ्रमणमा जाने भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो।

प्रधानमन्त्री देउवा ‘गुजरात भाइब्रेन्ट’ कार्यक्रममा सहभागी हुन भारत जाँदै छन्। प्रधानमन्त्री देउवाले भारतमा रहँदा समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तयारी पनि रहेको छ। द्विपक्षीय हितबारे प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।