surkhet

कोरोनाविरुद्धको भ्याक्सिन अभियानलाई तीव्र पार्न प्रधानमन्त्री देउवाको निर्देशन

surkhet

पुष २४ ,काठमाडौं- कोरोना फैलिन नदिन प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बन्धित निकायहरुलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको बैठकमा देउवाले कोरोना फैलिन नदिन कोरोनाविरुद्धको भ्याक्सिन अभियानलाई तीव्र पार्न जानकारी दिए।

Gorkha

यस्तै देउवाले अस्पतालहरुलाई तयारीमा अवस्थामा राख्न र कोरोना परीक्षणको दायरा बढाउन पनि निर्देशन दिएका हुन्। शुक्रबार एकैदिन नेपालमा ९६५ जनामा कोरोना संक्रमण देखिएको थियो भने एकैौदिन २४ जनामा ओमिक्रोन संक्रमण देखिएको थियो।

Dailekh

यस्तै आज शनिबार ९४४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। नेपालमा अहिजो देखि दैनिक जस्तो कोरोना संक्रमण उकालो लागेको पाईन्छ।

salyan