Gold
Bangad salyan

नागरिकता बनाईदिने भन्दै घुस माग्ने वडाध्यक्षविरुद्द मुद्दा

पुष २९ ,स्याङ्जा – नागरिकता बनाईदिने भन्दै घुस माग्ने स्याङ्जाको भिरकोट नगरपालिका -९का वडाध्यक्ष भिम बहादुर गुरुङ र वडा सदस्य कुलबहादुर गुरुङ विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।

उनीहरुले नागरिकता बनाई दिने प्रयोजनको लागि सेवाग्रहीसँग घुस रकम मागेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिमको कसुरमा बिगो १ लाख ३५ हजार कायम गरी विशेषमा मुद्दा दायर गरेको छ।

जनप्रतिनिधि गुरुङद्धयले आर्थिक प्रलोभनमा परी दोहोरो नागरिकता बनाउन झुट्टा विवरणको आधारमा बदनियतपूर्वक गलत सिफारिस गरिदिएको पुष्टि हुन आएको अख्तियारले जनाएको छ।