surkhet

सीके राउतलाई मन्त्री रेणु यादवको ज्यान मार्ने धम्की

surkhet

गौर – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई ज्यान मार्ने धम्कि दिएकि छिन। जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन् ।

बलिदानी दिवस मनाउन हिजो ६ गते गौर पुगेकी उनलाई राउतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने चेतावनी दिएकी हुन् ।

Gorkha

२०६३ चैत ७ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टा – छुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।

Dailekh

जसपा नेता एवं मन्त्री यादवले सम्बोधनका क्रममा पटक -पटक राइस मिल घटना नबिर्सन आग्रह समेत गरिन् । ‘राइस मिल अहिले पनि जीवित छ, गौरमा फणा देखाउने प्रयास नगर’ उनले भनिन्, ‘लाठी भाँच्न यहाँका मानिसले जानेका छन् ।

बलिदानी दिवसमा हिंसा नगर्ने भन्दै उनले अघि भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, घेराबन्दी गरेर मारिदिन्छन्, सतर्क रहनुस् ।यस्तै उनले हिम्मत भए सिंहदरबार घेराउ गरेर देखाउन समेत राउतलाई चुनौती दिएकी छन् ।

 

salyan