स्थानीय तहको निर्वाचन समयमै गरेर संघीयतालाई सुदृढ बनाउनुपर्छ : अर्थमन्त्री शर्मा
काठमान्डौ – अर्थ मन्त्री जनार्दन शर्माले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्ने बताएका छन।नेकपा माओवादी केन्द्रका नेता अर्थ मन्त्री शर्माले स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने बताएका हुन।
स्थानीय प्रदेश र संघको चुनाव कहिले गर्ने भन्ने बारेमा गठबंधनमा विभिन्न टीका टिप्पणी चलिरहेको छ ।स्थानीय तहका पदाधिकारीको पाँचवर्षे कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ।
निर्वाचनको तयारीका लागि १ सय २० दिन आवश्यक पर्ने भएकोले सरकारलाई निर्वाचनको मिति तोक्न निर्वाचन आयोलले दबाब दिदै आको छ। तर सत्ता गठबन्धन तीनै तहको निर्वाचन एकै पटक गर्ने वा छुट्टाछुट्टै मितिमा गर्ने अन्योलमै रहेको छ।फाइल तस्वीर,