सुर्खेतको भेरीगंगामा चट्याङ लागेर एक महिलाको मृत्यु
माघ २१,सुर्खेत – चट्याङ लागेर सुर्खेतको भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको छ । खत्री गएराति आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागेर सक्त घाईते भएकि थिइन्। घाइते भएकि खत्रीलाई मेहलकुना अस्पतालमा लागिएको थियो। उपचारको क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै गए राति सल्यानको बनगाड कुपिण्डे नगरपालिका ७ लाम्सारामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।बिहीबार बेलुका ४० बर्षीया रामकली कामीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
त्यसैगरि बाँकेमा चट्याङ लागेर गएराति एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका- ५ बाँनिया गाउँ बस्ने ३८ वर्षीय बादशाहको बिजी पोल्ट्रीफर्ममा चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चट्याङबाट आगलागी हुँदा करिब २१ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याएको जनाएको छ।

