स्थानीय निर्वाचनको मिति घोषणासंगै दलहरु छलफलमा

काठमान्डौ – बैशाख ३० गते स्थानीय निर्वाचन हुने भएपछि केन्द्रमा राजनितिक दलहरुले सकृयता बढाएका छन।

तीन महिना पछि हुने चुनावको लागी दलहरु आन्तरिक छलफलमा जुटेका छन भने केन्द्रमा गठबन्धनको चर्चा चलेको पाईन्छ ।

यस्तै स्थानीय निर्वाचनको मिति घोषणासंगै सम्भावित उमेदवारको चर्चा हुन थालेको छ। स्थानीयले टोल टोलमा सम्भावित उमेदवारको नाम टुंगो लगाउने र विगतका जनप्रतिनिधिका काम कर्तव्यहरुको चर्चा हुन थालेको छ।

निर्वाचन मिति घोषणा गरेको निर्वाचन आयोगले पनि आफ्नो कामलाई तिब्रता दिएको छ। देश भरका स्थानीय तहमा यस पटक एकै पटक आयोगले निर्वाचन गर्दै छ।

यसै बिच स्थानीय निर्वाचनकोलागी हिजो मात्र गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माले भेट छलफल गरेका छन।

स्थानीय निर्वाचनमा सुरक्षा र अर्थतन्त्रको बारेमा दुवै बिच छलफल भएको पाईएको छ । स्थानीय निर्वाचन गर्न आयोगले १२ अर्ब रुपैयाँ माग गरेको छ।