Gold
Bangad salyan

राष्ट्रपतिले गरिन प्रजातन्त्र दिवसमा ५०१ जना कैदीहरूको सजाय मिनाहा

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीहरूको बाँकी सजाय मिनाहा गरेकी छन्। राष्ट्रपति कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै फूर्वा शेर्पासहित ५०१ कैदीबन्दीहरूको सजाय मिनाहा गरेको जनाएको हो।

मन्त्रिपरिषदले ति कैदीबन्दीको सजाय मिनाहाका लागि राष्ट्रपतिको कार्यालयलाई चिठी लेखेको थियो। सोहि आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीहरूको बाँकी सजाय मिनाहा गरेकी हुन्।