परपुरुषसंग मिलेर श्रीमानलाई टुक्रा टुक्रा पारी झोलामा हालेर फाल्ने महिला प,क्राउ

फागुन ११ विराटनगर – सुनसरीको धरानस्थित जंगलमा अलग-अलग जेब्रा झोलाभित्र शवका टुक्रा फेला परेका पुरुषको ह,त्याको दोषी पत्ता लागेका छन। आफ्नै कान्छी पत्नीले परपुरुषसँग मिलेर ह,त्या गरेको खुलेपछि प्रहरीले उनिहरुलाई पक्राउ गरेको छ।
झापाको दमक नगरपालिका–५ ठेगाना भएका ४३ वर्षीय दिनेश सिग्देलको ह,त्या उनकी कान्छी पत्नी ३० वर्षीया अनिता केसीको योजनामा भएको पत्ता लागेको हो।

अनिता र उनका प्रेमी विराटनगर महानगरपालिका,४ इक्राहीका २९ वर्षीय सरोज भण्डारी पक्राउ गरिसकिएको सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले बताए ।पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट मंगलबार म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको जानकारी थापाले दिए।

 

वीभत्स तरिकाले ह,त्या गरेर शरीरलाई टुक्राटुक्रा पारेर जेब्रा झोलाभित्र प्याक गरेर सुनसरीको धरान उपमहानगरपालिका–४ स्थित धरान–भेडेटार सडक खण्डको जंगलमा फ्यालिएको अवस्थामा एक साताअघि दिनेशको शव भेटिएको थियो।

घाँटीभन्दामाथि टाउकाको भाग र तिघ्रामुनिको दाहिने खुट्टा प्याक गरेर फ्यालिएको एउटा झोला गत बुधबार फेला परेको थियो। भोलिपल्ट बिहीबार करीब १ किलोमिटरमाथि जीउसहितका अन्य अंगहरु प्याक गरिएको अर्को झोला पनि प्रहरीले फेला पारेको थियो ।

कुहिएको अवस्थामा भेटीएको शव कस्को हो भन्ने तत्त्काल पत्ता नलागेपछि प्रहरीले शवको स्क्याच गरेर मेहनतका साथ अनुसंधान गरि पहिचानको लागि जानकारी गरेको थियो ।

सोमबार साँझ पहिचान खुलेपछि प्रहरी हत्यारासम्म पुग्न सफल भएको हो। घटनालाई निस्कर्षमा पुर्याउनका लागि इलाका प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी, संघीय इकाई प्रहरी कार्यालय धरान र प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट संयुक्त टोली परिचालन गरिएको थियो।

एसपी थापाका अनुसार दिनेश अघिल्लो वर्ष पुसमा वैदेशिक रोजगारीका लागि बहराईन गएको खुलेको छ। स्वास्थ्यमा समस्या भएपछि कम्पनीले विदा दिएपछि उनी गत पुस २० गते नेपाल फर्किएको उनले बताए।

काठमाडौं आएको भोलिपल्ट विराटनगर आएपछि कान्छी पत्नीसँग उनको भेट भयो। त्यो रात दुवै जना विराटनगरकै फेमिली होटल एन्ड लजमा बसेको खुलेको छ।

प्रहरीका अनुसार डेरा खोजेर कान्छी पत्नीलाई विराटनगर–३ पिपल चोकमा राखेर उनी बहराईन गएका थिए। होटलबाट पुस २२ गते बिहान दिनेश कान्छी पत्नीको डेरा घरको कोठामा आए।
त्यही दिन साँझतिर कोठामै गलबन्दीले घाँटी कसेर अनिता र सरोजले दिनेशको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विदेशबाट आएर भेट भएको भोलिपल्टै अनिताले आफ्ना प्रेमीसँग मिलेर पति दिनेशको हत्या गरेको पत्ता लागेको हो। हत्या गरेपछि रातभर शव कोठामै राखेको र भोलिपल्ट २३ गते हत्या गरिएकै कोठामा टुक्राटुक्र बनाएपछि टाउको र खुट्टाको भाग जेब्रा झोलामा प्याक गर्दै टेम्पोमा राखी धरानको जंगलमा पु¥याएर फ्यालेछन्।

कोठामै छाडिएको शरीरको अरु भाग भोलिपल्ट व्यवस्थापन गरेको पाइयो एसपी थापाले भने ।
थापाका अनुसार टाउको र हातको भाग धरानको जंगलमा व्यवस्थापन गरेपछि अनिता र सरोज धनकुटाको भेडेटार गएर एक रात बसेको खुलेको छ।

उनीहरु भेडेटारबाट भोलिपल्ट पुस २४ गते विराटनगर फर्किएको जानकारी थापाले दिए। उनका अनुसार भेडेटारबाट फर्किएपछि उनीहरुले कोठामै छाडेको शरीरको अरु भाग लगेर त्यही जंगलमा व्यवस्थापन गरेको खुल्यो।

हत्या गरेपछि खुकुरी र आल्मुनीयम एवं रड काट्न प्रयोग गरिने ग्रेन्डर मेसिन किनेर काट्दै शवलाई टुक्रा पारिएको पाइएको एसपी थापाले बताए। शव लैजान प्रयोग गरिएको टेम्पोको नम्बर भने खुलेको छैन।

पति विदेशमा भएका बेला सरोजसँग अनिताको प्रेम बसेको र फर्किएर आएपछि प्रेममा बाधक बन्ने देखेर योजनावद्ध तरिकाले दुवै जनाले हत्या गरेको रह्यो एसपी थापाले भने । उनका अनुसार गत दसैंदेखि अनिता र सरोज प्रेम सम्बन्धमा रहेका थिए।

सुनसरी प्रकाशपुर माइती भएकी अनितासँग दिनेशको १० वर्षअघि प्रेम विवाह भएकोे उनले बताए। कान्छी पत्नीतर्फ दिनेशकी ७ वर्षकी छोरी छन्।

अनितासँग प्रेममा परेका सरोजको पनि पत्नीसँग घरवार बिग्रिएको पाइएको छ। प्रहरीका अनुसार पत्नीसँग सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनी अनितासँग गत दसैंदेखि नियमितजसो बस्न थालेका थिए ।

अनिताले भने सरोजसँगको प्रेम सम्बन्ध थाहा पाएपछि दिनेशले मदिरा सेवन गरेर आफूमाथि कुटपिट गरेका कारण हत्या गरेको प्रहरीलाई बताएकी छन्।
इलामको बाँझो घर भएका दिनेश केही समयअघि परिवारसहित दमक बसाइँ सरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २२ वर्षअघि बिहे गरेकी जेठी पत्नी निर्मला सिग्देल भने छोराछोरीसहित झापाको झिलझिलेमा बस्दै आएकी थिइन्।

जेठी पत्नीतर्फ दिनेशका दुई छोरा र दुई छोरी रहेको जानकारी प्रहरीले दिएको छ। विदेशबाट फर्किएपछि जेठी श्रीमतीसँग फोनमा सम्पर्क भएको तर भेट नभएको पाइएको एसपी थापाले बताए।

झोलामा शव भेटिएपछि तत्काल पहिचान नखुल्दा प्रहरीलाई चुनौती थपीएको थियो। सबैतिरबाट प्रमाण संकलन गर्दै जांदा प्रहरी हत्यारासम्म पुग्न सफल भएको एसपी थापा बताउँछन। यो घटना प्रहरीको लागि चुनौती पनि थियो ।किन कि शव ट्क्रा टुक्रा थियो भने पूर्णरुपमा कुहिएको थियो।

प्रहरीले स्केच बनाएर शव पहिचानको लागि देश भरका प्रहरीलाई जानकारी गरेको थियो। अहिले आएर हत्यारासम्म पुग्यौं यो प्रहरीको लागि ठूलो उपल्बधी हो थापाले भने ।