Gold
Bangad salyan

बलात्कार आरोप लागेका नायक पल शाहलाई गैंडाकोट लगियो

फागुन २४ ,काठमान्डौ – बलात्कार आरोप लागेका नायक पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ । आफूलाई नाबालिक गायिका बताउने समिक्षा अधिकारिले शाहविरुद्द जिल्ला प्रहरी कार्यालय तनहुँमा करणीको जाहेरी दिएकि थिइन्।

तनहुँको हिरासतमा रहेका शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीमा पनि ती किशोरीले जाहेरी दिएका कारण शाहलाई मंगलबार गैंडाकोट पुर्‍याइएको प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिइन् । शाहविरुद्ध गत फागुन १६ गते गैंडाकोटमा पीडित किशोरीले जाहेरी दिएकी थिइन् । उनलाई केही दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिने खनालले बताए।