Gold
Bangad salyan

साउदी अरबमा एकै दिन ८१ जनालाई मृत्युदण्ड

काठमान्डौ – साउदी अरबले आतङ्कवादसँग सम्बन्धित विभिन्न अपराधमा स‌ंलग्न ८१ जनालाई एकैदिन मृत्युदण्ड दिएकोे छ ।
८१ जनामध्ये ७३ जना साउदीका सात जना यमनका र एक जना सिरियाका नागरिक छन् ।यो सङ्ख्या साउदीमा गएको वर्ष दिएको मृत्युदण्डको कुल सङ्ख्या ६९ भन्दा धेरै हो ।

मृत्युदण्डको सजाय पाएकाहरु इस्लामिक स्टेट समूह, यमनको हुथी विद्रोही सेना र अल–कायदासँग सम्बद्ध रहेका साउदीका अधिकारीलाई उदृत गर्दै समाचारसंस्था एएफपीले जनाएको छ ।
उनीहरूले महत्त्वपूर्ण आर्थिक स्थलहरूमा आक्रमण गर्ने योजना बनाएका, सुरक्षा बलका सदस्यहरूलाई निसाना बनाएका वा हत्या गरेका र देशभित्र हतियार लुकाएका अदालतको फैसलामा उल्लेख छ ।