लोक संस्कार बचाउन कलाकारको ठूलो महत्व : उपराष्ट्रपति पुन
फागुन २९,काठमान्डौ – उपराष्ट्रपति नन्द बहादुर पुनले नेपालको कला संस्कृतिलाई बचाइ राख्न कलाकारको ठूलो महत्व रहेको बताएका छन।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले राष्ट्रिय नाच घर जमलमा आयोजना गरेको राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले लोक संस्कार बचाउ आग्रह गरेका हुन।
कला संस्कृति र कलाकार नेपाल राष्ट्रका अमुल्य सम्पत्ति र समाजका ऐना हुन ।नेपालको राजनितिक आर्थिक परिवर्तनमा कलाकारको ठूलो भुमिका रहेको समेत पुनले बताए ।
पछिल्लो समय लोक संस्कृतिमा विकृति देखीएकोले यसलाइ सुधार गर्न पनि उपराष्ट्रपति पुनले आग्रह गरे। नेपाली लोक संस्कृतिले देश विदेशमा देशलाई नै चिनाउने गरेको हुँदा सबै मिलेर यसको संरक्षण गर्नुपर्ने बताए ।
कलाकारलाई राज्य स्तरबाट सम्मान र सरकारबाट जिबिका उपार्जन गर्न विशेष ध्यानदिनुपर्ने पनि पुनले बताए ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान उपत्यका समन्वय समितिले राष्ट्रिय लोक दोहोरी अवार्ड २०७८ हिजो राष्ट्रिय नाच घर जमल मा आयोजना गरेको थियो।
विभिन्न विधामा नोमिनेसन परेका कलाकारहरुले राष्ट्रिय अवार्डले सम्मान गरिएको थियो। यस्तै कलाकार बम बहादुर कार्कीलाई लाईफ टाईम अचिभमेन्ट अवार्डले सम्मान गरिएको थियो।

