तरुण दल दैलेखका जिल्ला अध्यक्षद्वारा ज्यान लिने प्रयास
चैत ३ ,काठमान्डौ – नेकपा ( माओवादी केन्द्र ) निकट योङ कम्युनिष्ट लिग ( YCL ) का कर्णाली प्रदेश कमिटी सदस्य तथा पुर्व जनमुक्ति सेनाका कमान्डर दल बहादुर बस्नेत ( कोशेली ) माथी तरुण दल दैलेखका जिल्ला अध्यक्षले आक्रमण गरि हात भाचिदिएका छन।
दैलेख जिल्ला नौमुले गाउँपालिका ६ सल्लेरीका दल बहादुर बस्नेत ( कोशेली ) सुर्खेत देखि उपचार गरेर घर फर्किने क्रममा नौमुले वडा ६ सल्लेरी मै मदिरा सेवन गरि बसेका तरुण दल दैलेखका जिल्ला अध्यक्ष समेत रहेका स्थानिय लालबहादुर चन्दले गालि गलौज गर्नुका साथै आक्रमण गर्दा बस्नेतको हात भाचिएको छ।

उनलाई हिजो नै उपचारको लागि जिल्ला अस्पताल दैलेखमा ल्याइएको थियो। थप अरु पनि समस्या हुनसक्ने आशंका सहित बस्नेतलाई थप उपचारको लागि सुर्खेत लगिएको छ। साविकको सल्लेरी गाविस वडा नम्बर ४ नजिक बाटोमा रहेको पसलमा मदिरा सेवन गरि ग्याङ सहित बसेका चन्दले सुरुमा निहुँ खोज्दै माओवादी चोर , योजनाहरुमा कांग्रेसलाई सहभागी नगराउने भन्ने आरोप लगाएको बस्नेतले बताए।
त्यसको खण्डन गर्न खोज्दा आक्रमण गरिएको बस्नेत ले बताएका छन् । ज्यान नै लिने उद्देश्य सहित आक्रमणमा उत्रिएका तरुण दल दैलेखका अध्यक्षको ज्यादती विरुद्ध स्थानीय माओवादी नेताले अपराधिक मानसिकता बोकेका चन्दलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।
शिव शक्ति मा.वि. सल्लेरी ब्यवस्थापन समिति अध्यक्ष समेत रहेका चन्दका लागि यो घटना पहिलो होइन यसपुर्व सोही विद्यालयका शिक्षक लाई कुटपिट गरि कारवाही भोग्नुका साथै माफी मागेका चन्दले हिजै राती मदिरा सेवन गरि विद्यालय मा बस्दै आएका शिक्षक माथी गालिगलौज गर्नुका साथै कुटपिट गर्ने धम्की पनि दिएका छन् ।
कोरोना कालको पहिलो चरणको क्वारेन्टाइन निर्माण कार्यमा जनतालाई ठगेको आरोप समेत उनी माथी लागेको थियो। वि. ब्य. स अध्यक्ष हुँदै गर्दा विभिन्न योजनाहरुमा घोटाला गरि पैसा खाने गरेको आरोप स्थानीयहरुको रहेको छ।

शिक्षक नियुक्ति गर्दा पनि पैसा लिने र यस पुर्व स्थानीय तह बाट नियुक्ति पाएका शिक्षकहरुको केही प्रतिशत तलब काटेर खाने गरेको कुरा सोही विद्यालयका शिक्षकले नाम नखुलाउने सर्तमा भनेका छन् । उनले अगाडि थप कुरा जोड्दै भने लालबहादुर चन्दको लागि विद्यालय त दुहुनो भैंसी हो।
उनको पेशा के छ र त्यस्तो हाइफाइ गर्न सकेका छन ? उनले प्रश्न गर्दै भनेका छन् यसको मुख्य जड भ्रष्टाचार नै हो। विद्यालय लाई दुहुनो भैंसी बनाएका चन्द को साठगाठ नौमुले गाउँपालिका अध्यक्ष भदे बुढा संग रहेको छ। सत्ता र शक्तिको आडमा बबन्डर मच्चाउन खोज्ने चन्दलाई कानुन बमोजिम कार्बाही हुनुपर्ने स्थानीय माओवादी नेताहरुको माग रहेको छ।
तरुण दल जिल्ला अध्यक्षद्वारा ज्यान लिने प्रयास