Gold
Bangad salyan

म्यादी प्रहरी भर्नाका लागि आवेदन खुल्ला महिलाहरुको सहभागिता धेरै

चैत ६,काठमान्डौ – म्यादी प्रहरी भर्नाका लागि आवेदन खुलाएपछि देशका विभिन्न जिल्लामा काठमाडौं उपत्यकाका महानगरीय प्रहरी परिसर र उपत्यका बाहिर जिल्ला प्रहरी कार्यालयमा दर्खास्त दिन पहिलो दिनमा नै भिड भाड बढेको देखिन्छ।

म्यादी प्रहरी भर्नाका लागि आवेदन खुल्ला भएपछि महिलाहरुको सहभागिता धेरै देखिएको छ। युवती देखि महिलाहरु बच्चा बोकेर आवेदन दिन आएका छन्।

१८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले ११ चैतसम्म आवेदन दिन सक्ने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ । फौजदारी अभियोग नलागेको, कुनै राजनीतिक दलको सदस्य नभएको, शारीरिक र मानसिकरुपले तन्दुरुस्त नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।

यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका पूर्वसुरक्षाकर्मी, नेपाल बाहिरका सुरक्षा निकायमा काम गरेका र यसअघिका चुनावमा म्यादी प्रहरी बनेकालाई यस पटक प्राथमिकता दिईने छ। आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ ।

१५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ । म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब आधारभूत तलब महिनाको २२,६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४,४४० उपलब्ध गराईने छ भने उनीहरुलाई बिमा अलगायत अन्य सुविधापनि दिईने छ।