हेटाैँडाकाे मेयर आफ्नै पार्टीले पाउनुपर्ने भन्दै कांग्रेस कार्यकर्ताले कार्यालयमा ताला लगाए
बैशाख ६ ,
मकवानपुर – नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा आज मङ्गलवार पार्टीका कार्यकर्ताले ताला लगाएक छन्। हेटौँडा उपमहानगरपालिकाको मेयर कांग्रेसले पाउनुपर्ने भन्दै हेटौँडा २ मा रहेको नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा असन्तुष्ट कार्यकर्ताले ताला लगाएका हुन् ।
आज नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यायलमा नगरका सभापतिहरू सहितको बैठक भइरहँदा पार्टी कार्यालयमा ताला लगाइएको पाईएको हो । बैठकमा सहभागी नेता, कार्यकर्ताले गठबन्धन आवश्यक नरहेको समेत जनाएका छन् ।
कांग्रेस उपमहानगरपालिका कमिटीका पदाधिकारी र १९ वडाका सभापतिको बैठकले पार्टीले मेयर नपाएको अवस्थामा गठबन्धनबाट अलग रहेर चुनावमा भाग लिने निर्णय गरेको नेपाली कांग्रेस मकवानपुरका नेता तथा मेयरमा सिफारिस आनन्दराम पराजुलीले बताए।
गठबन्धनको छलफलका क्रममा कांग्रेसले मेयर छोडेको अपुष्ट खबर बाहिर आए कांग्रेस नेता, कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् । पाँच दलीय गठबन्धनको केन्द्रीय बैठकले हेटौँडाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने औपचारिक प्रस्ताव गरेपछि हेटौँडा उपमहानगर समितिले यस्तो निर्णय गरेको हो ।

