Gold
Bangad salyan

पराजित हुने पक्का भएपछि एकथरी हिन्दू मुस्लिम विवाद जन्माउने दुस्साहस गर्दै छ : प्रचण्ड

काठमान्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) ले पराजित हुने देखेपछि हिन्दु-मुस्लिमको कुरा उठाउने षड्यन्त्र गरेको आरोप लगाएका छन्।

शनिबार जनकपुर उपमहानगरपालिका-१३ को चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।
माओवादी केन्द्रका उम्मेदवारले जित्ने सुनिश्चित भएपछि एकथरि मानिसहरू हिन्दू र मुस्लिमको विवाद जन्माउने दुस्साहस गरिरहेको प्रचण्डको आरोप छ।

मैले के सुनेको छु भने यहाँ अहिले तपाईंहरूको जीत सुनिश्चित हुन थालेपछि एकथरि मान्छेहरू हिन्दू र  विवाद जन्माउने दुस्साहस गर्ने मूर्खता गर्दैछन्। उनले भने, ‘खबरदार तपाईंहरूले तिनीहरूलाई खबरदारी गर्नुपर्छ।

सामाजिक सद्भाव, जातीय सद्भाव र एकता खल्बलाउन खोज्ने ती सबै साम्प्रादायिक तत्वहरू हुन्। निर्वाचनमा पराजित हुने भएपछि एमाले गुटसँग सम्बन्धित मानिसहरूले त्यो कुरा उठाउने षड्यन्त्र गरेको उनले बताए।

उनले भने सावधान रहन म तपाईंहरूलाई विशेष अपिल गर्न चाहन्छु ,त्यसैगरी, अहिलेको संविधानले मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिमको पहिचान र अधिकारको लागि केही हदसम्म सम्बोधन गरेको तर त्यसलाई अझै विकसित गर्नुपर्ने उनले बताए।

त्यसको सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने उनको भनाइ छ।तर आफू प्रधानमन्त्री हुँदा दुई पटक संशोधनको प्रस्ताव संसदमा दर्ता गराए पनि एमालेले त्यसलाई पास गर्न नदिएको समेत उनले बताए । त्यसैले एमाले मधेसी, आदिवासी, जनजाति, दलित, महिला, मुस्लिम विरोधी रहेको पनि दाहालले आरोप लगाए ।