surkhet

माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर : बादल

surkhet

चितवन – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र नेपाली कांग्रेसको पुच्छर बनेको आरोप लगाएका छन् ।

चितवनको भरतपुरमा आइतबार नेकपा एमालेले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै उपाध्यक्ष थापाले माओवादी केन्द्र बामपन्थी शक्ति प्रतिगामीको हिस्सा र गुटमा बदलिएको टिप्पणी गरे ।

माओवादी केन्द्रप्रति आक्रोशित बन्दै थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुरमा गरेको भाषणप्रति लक्षित गर्दै भने, ‘हामीलाई जितायौं भने पूँजीपति दल कांग्रेसको २० बर्षसम्म अभिन्न अंगको रुपमा रहनेछौं भनेको पनि सुन्यौ।

Dailekh
Gorkha

तपाईहरुप्रति उत्पेरित हुनेछौं, उत्साहित हुनेछौं भनेको पनि सुन्यौ, त्यसलाई २० बर्षसम्म आजीवन कारावास वा नेपाली कांग्रेसको पुच्छर हुनेछौं भनेको बुझ्न सकिन्छ ।

भरतपुर महानगरको मेयर पदका उम्मेदवार रेनु दाहालले भरतपुरमा टे्रलर मात्रै देखाएको अब पूरा फिल्म देखाउने भनेकी थिइन् । दाहालको उक्त भनाइप्रति टिप्पणी गर्दै थापाले त्यो दुखान्त फिल्म हुने बताए ।

माओवादी केन्द्र बिसर्जन, विघठन र पतनको दिशामा अगाडि बढेको भन्दै एमाले उपाध्यक्ष थापाले माओवादी केन्द्र विचार, सिद्धान्तबाट पदच्यूत भएको समेत बताए । माओवादी केन्द्रबाट थापा एमालेमा प्रवेश गरेका हुन्।

salyan