Gold
Bangad salyan

सबैको राजनीति भरतपुरतिर मतगणना स्थलला सीसी क्यामरा र फलामको तार जाली

बैशाख २९

काठमान्डौ – भाेलि शुक्रवार हुने स्थानीय तहको निर्वाचनमा सबैको नजर चितवनको भरतपुर महानगरपालिका तिर छ। भरतपुर महानगरपालिकाको मेयरमा हाल मेयर रहेको रेणु दाहालको उमेद्वारी छ। पाँच दलिय गठबन्धनको साझा उमेद्वार बनेकी रेणुलाई हराउन विभिन्न खाले षडयन्त्र भईरहेका छन्। यस्तै बेला
मतगणना स्थलमा फलामको बार र तरजाली लगाइएको छ । गएकाे पालिका चुनावमा मतपत्र च्यातिएको घटनाका कारण यस पटक भरतपुरको मतगणना स्थलकाे सुरक्षामा विशेष ध्यान दिइएकाे हो।

२०७४ मा मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर अहिलेपनि सामाजिक सञ्जालभरि चर्चा छ। विगत जस्तो घटना दोहोरिन नदिन गणना स्थलमा विशेष व्यवस्था मिलाइएको निर्वाचन आयोगले बताएको छ । यस पटकको भरतपुर महानगरपालिकाको मतगणना चितवन उद्योग सङ्घको औद्योगिक प्रदर्शनी केन्द्रमा हुनेछ ।

आयोगले मतगणना स्थलमा सीसी क्यामराको व्यवस्था संगै स्थलललाई चारैतिर बाट फलामको तार जाली लगाईएको छ। दलका प्रतिनिधि बस्ने ठाउँ छुट्टयाएर फलामको बार लगाइएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले प्रतिनिधिले मतगणना गरेको हेर्न मिल्ने गरी फलामको बारमा जाली पनि हालिएको बताए । मतगणना स्थलमा आठ वटा सीसी क्यामरा जडान गरिसकिएको उनले बताए।

अकस्मात् बिजुली गएको खण्डमा स्वचालित जेनेरेटरको समेत व्यवस्था गरिएको छ । पूर्वसावधानीका सबै उपाय अपनाइएका छन्, सूचना अधिकारी पाैडेलले भने । २९ वटा वडा रहेको भरतपुरमा एक लाख ८५ हजार जना मतदाता रहेका छन् । यहाँ मतदानका लागि ६५ मतदान स्थल र दुई सय दुई वटा मतदान केन्द्र रहेका छन् ।भरतपुरको मतगणनाको नतिजा जेठ ५ गतेसम्म आउने बताइएको छ ।