Gold
Bangad salyan

सल्यानका सांसद टेक बहादुर बस्नेत सवार गाडी दुर्घटना १० घाईते

बैशाख २९

सल्यान – राप्ती राजमार्ग अन्तर्गत तुलसिपुर उपमहानगरपालिकाको रानागाउँ नजिकै एम्बुलेन्स र बोलेरो गाडी ठोक्किँदा सल्यानका संघीय सांसद टेकबहादुर बस्नेत घाईते भएका छन्।

सहित १० जना घाइने भएका छन् ।सल्यानबाट दाङतर्फ जाँदै गरेको संघीय सांसद टेकबहादुर बस्नेत चढेको बा ८ च ६९२५ नम्बरको गाडी दाङबाट सल्यान आउँदै गरेको ना. अ. क. था. ९४१ नम्बरको एम्बुलेन्ससँग शुक्रबार दिउँसो ठोक्किएको हो । सांसद बस्नेत स्सहित तिन जना र एम्बुलेन्समा चढेका सात जना घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

अन्य घाइते हुनेमा सांसद बस्नेतका गाडी चालक २८ वर्षीय रमेश ओली, २४ वर्षीय महेश घर्ती छन् । भने एम्बुलेन्समा सवार रुकुम पश्चिम घर भएका ३२ वर्षीय कलिभान खत्री, ७४ वर्षीय विष्णु खत्री, २१ वर्षीय सुभाष शर्मा, ३२ वर्षीय शम्भुप्रसाद शर्मा, ४२ वर्षीय श्याम प्रसाद शर्मा, २६ वर्षीया राधिका शर्मा र ४८ वर्षीया पुतली खत्री पनि घाइते भएका छन् । गाडी दुर्घटनाको कारणबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।