Gold
Bangad salyan

१२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडा वडाध्यक्ष पक्राउ

बैशाख २९

दोलखा – भोलि हुने स्थानीय निर्वाचन मतदाताको १२५ थान मतदाता परिचय पत्र खोसेर भाग्ने निवर्तमान वडा वडाध्यक्ष पक्राउ परेका छन्।

दोलखाको तामाकोसी गाउँपालिकाको वडा १ बाट सोही स्थानको वडा कार्यालय भवनस्थित मतदान स्थलबाट १ सय २५ थान मतदाता परिचयपत्र खोसेर फरार रहेका निवर्तमान वडाध्यक्ष महेश्वर काफ्लेलाई प्रहरीले पक्राउ गरेको हो।

मतदाता परिचयपत्र वितरण गरिएको स्थानमा सहायक कर्मचारी हरिशरण भट्टराईको हातबाट काफ्लेले १२५ थान मतदाता परिचयपत्र खोसेर फरार भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य प्रसाद अर्यालले बताए।

उनलाई इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेर जिल्ला कार्यालयमा पेश गरेको छ । पक्राउ परेका उनलाई निर्वाचन कसुरअन्तरगत कारबाही चलाउन प्रक्रिया अघि बढाइएको अर्यालले जानकारी दिए ।​