Gold

सप्तरीको मतदानस्थलमा तोडफोड मतदान अधिकृतमाथि कुटपिट

Naumule Migrate

बैशाख ३० सप्तरी – सप्तरीको डाक्नेश्वरीमा मतदानस्थलमा तोडफोड गरिनुका साथै मतदान अधिकृतमाथि कुटपिट भएको ।

डाक्नेश्वरी नगरपालिकाको-२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

उनका अनुसार कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ ।

केहि व्यक्तिले एक्कासी मतदान स्थलमा पसेर तोडफोड गर्दै मतपेटिका तेदेका छन् भने केहि कागजात च्यातेर फालेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।उनका अनुसार आज मतदान हुने सम्भावना छैन।

Naumule Badhipahiro