गोरखाको बारपाक सुलीकोटको कोटथोकमा मतदान रोकियो

बैशाख ३० ,गोरखा – बारपाक सुलीकोट गाउँपालिका,६ स्थित माइकोट माध्यमिक विद्यालय कोटथोक मतदान केन्द्र ‘क’ मा मतदान रोकिएको छ ।

सोहि केन्द्रमा खटिएका कर्मचारी सञ्जीव थापाले अन्य मतदान केन्द्रमा भोट हालेर आएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतदान रोकिएको मतदान केन्द्र ‘ख’ का मतदान अधिकृत रामशरण नेपालीले बताए ।

‘क मतदान केन्द्रमा खटिनुभएका कर्मचारी सञ्जीव थापाले बिहान वडा नम्वर ५ आरुखर्कस्थित चन्द्रकला माविमा भोट हालेर आएको कुरा थाहा पाएपछि कांग्रेस कार्यकर्ताले मतदान रोकेका हुन् ।

दिउँसो दुई बजेबाट मतदान रोकिएको छ । थापालाई स्कर्टिङ गरेर गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा लगिएको र मतदान सुचारु गर्नका लागि आवश्यक समन्वय र छलफल भइरहेको नेपालीले बता।