काठमाडौं उपमेयरमा सुनिता डंगोललाई तेब्बर मत

जेठ १ , काठमाडौं – काठमाडौं महानगरपालिकाको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलले २८८४ मत प्राप्त गरेकी छन् । आइतबार अपराह्न ४ बजेसम्मको मत परिणाम अनुसार डंगोलले अग्रस्थान प्राप्त गरेकी हुन्।

यस्तै एकीकृत समाजवादी पार्टीका रामेश्वर श्रेष्ठले ८२३ मत प्राप्त गरेका छन् । श्रेष्ठ सत्ता गठबन्धनको उम्मेदवार भएपनि डंगोलको तेब्बर बढी मत आएको छ।यसैगरी विवेकशील साझा पार्टीका उम्मेदवारले १२९, राप्रपाका उम्मेदवारले ६७० मत प्राप्त गरेकी छन् ।