तारा एयरमा ज्यान गुमाउने किस्मीले लेखेको यो शब्द ,यादहरूसँग मर्ने लक्ष्य छ, सपनासँग होइन
जेठ १६
काठमान्डौ – दलित समुदायमा जन्मिएकी मुस्कान सहितको किस्मीको कथाले सबैलाई दुखी बनाएको छ ।किस्मीकी आमा छोरी खोज्दै थिइन् । तर, तारा एयरको जहाजसँगै उनकी छोरी पनि ताराजस्तै टाढा भइसकेकी थिइन् ।
पोखरा । यती एयरलाइन्सले १६ जुन २०१७ मा आफ्नो फेसबुक पेजमा एयर होस्टेजको मुस्कानसहितको तस्बिर राखेर लेखेको थियो, “मुस्कान हाम्रो भाषा हो ।”
तस्बिरमा मुस्काइरहेकी युवती चाहिँ किस्मी थापा थिइन् ।उनको सामाजिक सञ्जाल नियाल्दा मुस्काइरहेका तस्बिर देखिन्छन् अनि देखिन्छन्, उनको एयरलाइन्स लक्ष्य र सपना ।
फुटबल खेलाडी रोनाल्डोको फ्यान रहेकी थापाले दुई दिनअघि पनि उनै फुटबलरको तस्बिर सेयर गरेकी थिइन्, जुन सामाजिक सञ्जालमा उनको अन्तिम पोस्ट बन्न पुग्यो ,‘योर लाइफ इज योर रोड, अन्ली यू क्यान वाक अन इट’, ‘आई मिस फ्लाइङ इन द स्काई, कोरोना गो सुन ।
सामाजिक सञ्जालमा कुनैबेला थापाले सेयर गरेका क्याप्सन हुन् यी । यी दुई वाक्यले नै उनको विगतको संघर्ष र सफलतालाई पुष्टि गर्छ । तर, अब उनी नै इतिहास भइसकिन् ।
आइतबार बिहान १० बजेर ७ मिनेट जाँदा सम्पर्कविहीन भएको तारा एयरको ट्विनअटर विमान सोमबार बिहान भेटिँदा विमानमा सवार २२ जनाकै निधन भएको छ । तिनै २२ मध्येकी एक हुन् किस्मी । उनी यात्रु नभई क्याबिन क्रू मेम्बर हुन् ।
साथीहरूका लागि उनी मनिषा हुन् । परिवारको लागि अविभावक । ‘म हावासँग सम्बन्धित छु,’ कुनैबेला उनले लेखेका यी शब्दसँगै उनी पनि हावामै उडिरहँदा सदाका लागि संसार छाडेकी छन् ।
पोखरा विमानस्थलमा आइतबार विमान हराएको थाहा पाउनासाथ किस्मीका आफन्त र साथीहरू प्रार्थना गर्दै थिए । विमान भेटिएको थिएन र उनीहरूको आशा पनि मरेको थिएन ।
दिनभरको खोजतलासपछि पनि मौसमी खराबीका कारण सुरक्षाकर्मीसहित स्थानीयले आइतबार साँझसम्म पनि विमान भेटाउन सकेनन ।
तर, सोमबार बिहानै खबर आयो, ‘मानापाथी हिमालको फेदतिर पर्ने सानोसोरे भिरमा विमान क्षतविक्षत अवस्थामा भेटियो ।विमानमात्रै होइन, यात्रु सबैको निधन भएको खबर पनि सँगै आयो ।
किस्मीको प्रार्थना गरिरहेका साथीहरू, पर्खिरहेका आफन्तहरू सबैको आशा निराशा भयो, सन्नाटा छायो अनि देखियो, पर्खी बसेकाहरूको कारुणिक र हृदयविदारक दृश्य ।
किस्मी अब स्मृतिमा मात्र रहिन् । यादहरू दिएर गइन् । उनैले लेखेकी थिइन्, ‘यादहरूसँग मर्ने लक्ष्य छ, सपनासँग होइन ।उनी एकल आमाकी एक्ली छोरी थिइन् ।
स्याङ्जाको चापाकोट नगरपालिका ४ मल्याङकोट हो उनी जन्मेको घर । मगर बुवा र दलित समुदाय मा जन्मिएकी हुन ।दलित समुदायले आज मात्र न भएर नेपाली समाजले हुनाहार चेली गुमाएको छ ।