Gold
Bangad salyan

पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी प्रवेश केपि ओलीलाई झट्का

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन।

नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गरेका हुन ।

एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गरेको भन्ने आशन्का छ। माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ ।

चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको रूपमा राष्ट्रियरूपमा स्थापित भएका नेतालाई भित्र्याउन पाउँदा खुसी लागेको बताए ।
एमाले अब प्रतिगमन समर्थित पार्टी भएको कुरा चौधरीले बेलैमा बुझेर माओवादी प्रवेश गरेको प्रचण्डको भनाई छ।