Gold
Bangad salyan

ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज

कार्तिक १२

काठमान्डौ – निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा उम्मेदवार डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदीएको छ।

आयोगमा शनिबार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए। सार्वजनिक पदमा बसेर लाभ लिइरहेका व्यक्तिले राजीनामा नदिइ उम्मेदवारी दिएपछि उनको उम्मेदवारी खारेज भएको हो।

कार्की नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्।उहाँ काउन्सिलको सदस्य हुनुहुन्थ्यो। त्यहाँ राजीनामा नदिइ उम्मेदवारी दिनुभयो। लाभको पदमा भएको मान्छेको उम्मेदवारी खारेज गरि पाऊ भनेर उजुरी परेको थियो, भट्टराईले भने।

लाभको पदमा बसेर पनि उम्मेदवारी दिएको भन्दै एक हप्ता अघि निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो।
उक्त उजुरीबारे निर्णय लिन कार्यालयले आयोगमा पठाएपछि आयोगले उनको उम्मेदवारी खारेज गरेको सहसचिव भट्टराईले बताए।

खारेज गर्नुअघि उनी र मेडिकल काउन्सिलसँग स्पष्टीकरण समेत सोधेको थियो।
अब उनको ठाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी दिन पाउने छैन। अदालत भने गएर मुद्दा लड्न सकिनेछ।