Gold
Bangad salyan

आयोगले सूर्य थापालाई भन्यो भेलुबाजेलाई २ हजार रुपैयाँ दिएको हो

मङ्सिर २

काठमान्डौ – निर्वाचन आयोगले नेकपा एमालेका उम्मेदवार सूर्य थापालाई पुन: स्पष्टीकरण सोधेको छ । थापालाई आयोगले पुन: स्पष्टीकरण सोधेको हो उनि प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका छन्।

आयोगका कानुन अधिकृत मोहन राज जोशीले शुक्रबार विज्ञप्ति जारी गर्दै भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिएर आफ्नो चुनावी प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले थापालाई स्पष्टीकरणा सोधेको छ ।

निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो?’ स्पष्टीकरणमा भनिएको छ,

यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयअनुसार निर्देशन दिइएको छ ।

प्यूठानमा थापाको चुनावी प्रचारमा सहभागी भएका बुढाले आफूलाई प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए । उनको भनाई सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।यस्तै एमालेको बास्तविकता बाहिर ल्याईदिएको भन्दै भेलुबाजेलाइ अहिले सबैले सहयोग समेत गरेका छन्।