Gold
Bangad salyan

चुनावमा मत कम खस्नुको समीक्षा हुनुपर्छ : नेपाल

मंसिर ५ काठमाडौं , नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा सहभागी सबै मतदातालाई धन्यवाद दिएका छन्।

आइतबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष नेपालले मतदातालाई धन्यवाद दिएका हुन्।

उनले मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्नुपर्ने समेत बताएका छन्।

यो पटकको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावमा धेरै कम मत खसेको छ।