गोकुल बाँस्कोटाको ७० करोड अडियो काण्डको सिआईले सुरु गर्यो छानबिन
काठमान्डौ -एमाले नेता गोकुल बाँस्कोटाको ७० करोड अडियो काण्डको सिआईबिले छानबिन सुरु गरेको छ।
एमालेको सरकार हुँदा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा बाँस्कोटाले ७० करोड कमिसनको टेप रेकर्ड बाहिरीएको थियो।
अडियो बाहिरिएपछी उनले सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए । पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक गरेको विजय प्रकाश मिश्रले अडियो सार्वजनिक गरेका थिए ।
बासकोटालाई पक्राउ गरि छानबिन गर्न माग गरेपनि अख्तियारले अनुसंधान अगाडि बढाएको थिएन । तर अहिले सिआईबीले उक्त अडियो प्रकरणको छानबिन अगाढी बढाएको हो।
बासकोटाले आफै पनि ७० करोड नभै अर्बौ भ्रष्टाचार गरेको समेत बताएका थिए ।असार २१

