दलितको घर भत्काएको आरोपमा तीन जना पक्राउ

साउन १३

बझाङ – बझाङमा दलितको घर भत्काएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जोशी बस्ती नजिक दलितले घर भत्याएको र मकैबाली काटेर नष्ट गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी परेको थियो ।

बित्थडचिर गाउँपालिका ,७, स्यालढुङ्गाका पुट्के ओखेडाको घर भत्काएको आरोपमा प्रहरीले विहीबार स्थानीय धामी गाउँका भवानी जोशी, कृष्ण जोशी र नन्दलाल जोशीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले पीडितले दिएको उजुरीअनुसार तीन जनालाई गिरफ्तार गरी अभद्र व्यवहारको मुद्दामा अनुसन्धान भइरहेको बताए ।

पीडित पुटके ओखेडाले स्थानीय ३०-३२ जनाको समूहले हाम्रो बस्तीनजिक दलितले घर बनाउन पाइँदैन भन्दै जातीय रुपमा गालीगलौच गरी घर भत्काएको बताए ।
निर्माण गर्न लागेको घर भत्कायर फालेको भिडियो समेत सामाजिक संजालमा पोस्ट भएको थियो ।