Gold
Bangad salyan

नक्कली डाक्टर अभियोगमा सुनिल शर्मालाई ६४ मा वाईसीएलले गरेको थियो कारबाही

साउन २८

काठमान्डौ – काङ्ग्रेस सांसद सुनिल शर्मालाई नक्कली डाक्टर र मेडिकल माफियाको अभियोगमा वाईसीएल नेपाल (YCl) ले २०६४ सालमा नै जनकारबाही गरेको थियो ।

२०६४ सालमा YCL नेपालले CC अप्रेशन अन्तर्गत काभ्रेको कामी डाडामा लगेर सुनिल शर्मालाई नक्कली डाक्टर रहेको अभियोगमा कारबाही गरेको थियोे ।

ग्लोबल मेडिकल कलेजका संचालकको विवाद मिलाउन सुनिल शर्माले पार्टी अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईको नाम लिएर गलत प्रचार समेत गरेका थिए ।

शर्मालाई सम्पर्कमा ल्याउन खोजेपनि उनी फरार रहेपछि वाईसीएलले उनलाई खोजिकार्य गरि कारबाही गरेको थियोे ।

अहिलेको सरकारले भ्रस्टाचारि वितिथीविरुद्द अप्रेसन चलाई कारबाही अगाडि बढाएको छ। यस्तै बेला नेपालका विभिन्न अस्पतालमा नक्कली डाक्टर रहेको भन्ने जानकारीपछि सरकारले तत्काल कारबाही अगाडि बढाएको हो ।

सोही प्रकरणमा काङ्ग्रेस सांसद सुनिल शर्मा पनि रहेको खुलेपछि उनलाई सिआईबीले पक्राउ गरेको थियो। हाल सम्म यो प्रकरणमा १२ जना नक्कली डाक्टर पक्राउ परेका छन भने संख्या बढ्दै जाने बताईएको छ।

तर अदालतको आदेशपछि उनलाई रिहाई गरेपछि उनले सरकारका प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भन्दै बोलेका छन।

उनलाई तत्काल पक्राउ गरि कारबाही नगरे वाईसीएल नेपाल २०६४ साल कै जस्तो गरि कारबाही गर्ने बताएको छ।