बर्दियामा बोल्न नसक्ने महिलालाई घरमा बोलाई बलात्कार एक जना पक्राउ
भदौ २
बर्दिया – बलात्कारको आरोपमा प्रहरीले बर्दियामा एक जनालाई पक्राउ गरेको छ।
बर्दिया मधुवन नगरपालिका-१ बहादुरपुरका स्थानीय ५३ वर्षीय कर्णबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो।
बोल्न नसक्ने २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरेको उजुरी आएपछि प्रहरीले उनलाई पक्राउ गरेको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी हिक्मतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर हिरासतमा लिएको छ ।
पक्राउ परेका उनिमाथी जबर्जस्ती करणी मुद्दामा कारवाही अघि बढाउन अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

